बिबस यात्री

April 2, 2014

19 Jan 2014

अबिरल बग्ने नदिसरी
अटल रहने हिमालसरी
जिन्दगीका उकाली-ओरालीभरी
म आफै भित्रको त्यो अमुक तर
चिरपरिचित महत्वकांक्षाको खोजीमा
अबिचलित यात्रामा हिडिरहेछु ।
शायद जसको अस्थित्व यो दुनियामा छ या छैन,
तरपनि,
यी उत्सुक पाईलाहरु अझै थाकेका छैनन्,
म केवल आशाको मधुरो दियो बाली
अन्धकारबिच अघोषित यात्रा गरिरहेछु ।
यो यात्राको प्यास मेटिनेछैन,
जबसम्म म मेरो त्यो बिबसतालाई भेटाउनेछैन ।
यो घनघोर यात्रीको तपस्या भंगै गर्न खोज्ने
कैयौ सपनाहरु बेकार भए
यस्तै अमुर्त सपनाहरुको भिडमा बिबस न त कुनै साकार भए
कति हो कति त आकार बिनानै अन्धकार भए ।
कतै यो कठोर बिबसताको तापले
कमजोर बनेका अंगहरु जलिसके
पीडा र बेदनाहरु सहन गर्न नसक्ने कैयौ निरर्थकहरु त मरिसके,
तर पनि अझै साहस गर्नेहरु जीबितै छन,
सपना साकार पार्ने कर्मयोद्धाहरु भित्र भित्रै सल्बलाइरहेछन्
त्यी कर्मयोद्धाहरु म भित्रको अन्धकारबाट
बाहिर निस्कन आतुर छन्,
आखिर म भित्रका कैयौ “म”हरु बिबस अझै जीबित छन् ।

नयाँ बर्ष २०६९ को शुभकामना !!!

April 14, 2012

By Pawan Raj Phuyal, on April 13th, 2012/ २०६९ साल बैशाख १ गते शु्क्रबार

हिजो त पुरानो भैसक्यो केवल आज बाँकि छ

भोलिको त के कुरा आखिर त्यो पनि जानेवाला नै छ ।

नयाँबर्ष २०६९ सालको पावन अवसरमा समस्त नेपालीहरुमा सुख, शान्ति, संबृद्दि र उत्तरोतर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना !!!

आउदा दिनहरुमा नेपालीहरुले कहिले नि दुख, शास्ति र अभाव भोग्न नपरोस, देश चलाउने नेताहरुमा सद्बुद्दि पलाओस्, समय मै नेपाली जनताले ब्यग्र प्रतिक्षा गरेको संबिधान जारी होस्, नेपाली जनताहरु आफ्नो देशमा खान-लाउनको अभावले खाडी मुलुक र मुगलान पस्न नपरोस्, जनताका छोरा-छोरीले राम्रो शिक्षा लिनको लागि अर्काको देशमा गएर भाँडा माझ्न बाध्य हुन नपरोस् सबैको मनोकांक्षा पुरा होस भनी हामी यहाँहरुमा शुभकामना ब्यक्त गर्दछौँ ।

आखिर समय गतिशिल छ, यसलाई न त हामीले रोक्न वा छेक्न नै सक्छौँ । केवल हामी त यहि अटुट र निरन्तर बगिरहने अदृश्य, अकाट्य अदभुत र चमत्कारिक समयको एउटा अति सानो अंश मात्र हौँ । समय हिजो पनि थियो आज पनि छ र भोलि पनि रहिरहने छ । तर हामी पनि के कम यस्तो अपरम्पार तत्वलाई पनि हामी हाम्रो वसमा पार्न सक्छौ अर्थात भनौ हामी अनुकुल हिडाउन सक्छौ नि ! त्यहि नै हाम्रो जीन्दगीको लक्ष हो । हामी यहि लक्ष पुरा गर्नको लागि हरेक संघर्ष र दुखहरुसँग जुध्दै जसोतसो जीवनलाई सार्थक बनाउन आ-आफ्नो ठाँउमा तल्लीन छौँ । हामीले धैर्यता, पराक्रम र आफनो आत्मबिश्वासलाई कहिलेनि मर्न दिएनौ भने हाम्रो जीवनमा जस्तोसुकै मनोकांक्षाहरु पनि जीवित रहिरहनेछन् । त्यसैले सबै कुराको प्राप्तिका लागि मानिसले समय सगँसँगै हिड्न सक्नुपर्छ नत्र पछि परिनेछ । मनिस जब समयसँग हिड्दैन अनि उसलाई बिभिन्न समस्या, आपत-बिपतहरु आईलाग्छन्, अनावश्यक चुनौतिका पहाडहरुले उसको जीन्दगीको गन्तव्यलाई नै छेकिदिन्छ । आखिर हाम्रो जीवन यहि अमुल्य समयको परिक्षा हो, बिना परिक्षाको जीवनको कुनै मुल्य हुदैन ।

त्यसैले मित्रहरु यो नयाँ बर्ष २०६९ ले हामी सबैमा नयाँ जोस, जाँगर र उत्साह लिएर आओस्, उन्नति र प्रगतिका पाईलाहरु सगरमाथाको शिखर चुम्न सकुन्, यहि नै मेरो शुभकामना छ ।

म हुनुको पिडा

September 27, 2011

प्रतिग्याका पहाडहरु चुलाएर बोझिलो जिन्दगी बाँच्ने म

अधुरा सपनाहरुको महल बटुलेर अपुरो जीन्दगी साँच्ने म

तरबारको धारमा उभिएर धारिलो जीन्दगी बाँच्ने म

चोटहरुलाई कम गर्ने आशमा सधैँ चोटिलो जिन्दगी बाँच्ने म

मनका पिरहरुलाई झिरमा उनेर पिरैपिरले बाँच्ने म

कसैको आशा, बिस्वास र भरोसामा धोकै धोकाको जिन्दगी साँच्ने म

उसैको प्यास बुझाउने संङ्कल्प बोकेर प्यासै प्यासको मरुभुमिमा बाँच्ने म

पिडा र ब्यथाहरु छुपाएर सधै कृत्रिम हाँसो हाँस्ने म

आखिर दुखाईहरुलाई कम गर्न पिडासँगै जिन्दगी साट्ने म

जति चढ्यो उति झर्ने निरर्थक सिसिफसको कथाको पात्र म

वार न पारको जँघारमा केवल दया र घृणाको पात्र मात्र म

अनिकालको हाहाकारमा बौलाएका जङ्गली ब्वाँसाहरुको शिकार म

कतै मीठो सम्झनाको खोजिमा निदाएर ब्युँझन बिर्सिएको म

कतै गहिरो सपना भंग हुदा फेरि उहि बिपनाको हाहाकारमा तडपिएको जस्तो म

यहि जिन्दगीको बिकल्पमा चुनौतिका पहाडहरु चढ्न बिवस म

अनि म ‘म’ भएर बाँच्नुको पिडाले पलपल दुखिरहेको म

जिन्दगीको रहस्य खोज्ने दौडमा सामेल आखिर आफ्नै खोजिमा हराएको म

म भित्रको ‘म’लाई खोज्ने रहरमा गन्तब्य भुलेको बटुवा जस्तै म

यत्रतत्र छरपस्ट हावामा तैरने सिमलको भुवा भन्दा पनि कति हो कति सस्तो म ! !! !!!

मेरो संदेश (महेन्द्र मा. वि, च्यामाको स्वर्ण जयन्तिका अवसरमा)

January 28, 2011

सर्वप्रथम त म च्यामाका हजारौँ अन्जानहरुलाई ग्यानको ज्योति फैलाउने, कलिला कोपिलाहरुमा सुगन्ध भर्ने, कैयौ सपनाहरु साकार पारी सुन्दर भविष्य फुलाउने अनि कर्मठ हातहरुमा संघर्ष र सफलताको सृजना फलाउने बिद्याको मन्दिरका रुपमा परिचित यस बिद्यालयले आज आफ्नो स्थापनाको ५० औँ बर्ष पछि मनाई रहेको स्वर्ण जयन्तिमा सफलता र प्रगतिको कामना गर्दछु । भाग्यबस म आफुपनि यहि बिद्यालय कै प्रतिफल हुन पाउदा आजपनि गर्वको महसुस गर्ने सौभाग्य प्राप्त गरिरहेको छु ।

आज धेरै समय बितिसकेछ यहिँबाट बि. सं २०५८ सालमा कक्षा ८ पास गरि अर्को  बिद्यालयमा गएको । तैपनि त्यी दिनहरु अझपनि ताजै छन् । बि. सं २०६४ सालमा त्रिचन्द्र कलेजबाट आई एस्सी गरि करिब १ बर्ष अध्यापन गराउदाका अबिस्मरणिय क्षणहरु त हिजै जस्तो लाग्छ ।

यो अबसरमा आज म यहाँ आफ्ना केहि अनुभवहरु बाड्न गइरहेको छु । मैले जे देखेँ जे भोगेँ अनि त्यसबाट जे बुझेँ जुन मेरो बास्तबिक कहानि हो । जुन कुराहरु बिशेष गरि हाम्रा कलिला बिद्यार्थीहरु जो आफ्नो संपुर्ण जसो समय ग्यान र सीप हासिल गर्न तयार हुनुपर्छ; जसका हरेक पलहरु केहि बुझ्न र सिक्न ईच्छुक हुनुपर्छ; अनुशासन, लगनसिलता र मेहेनतलाई आफ्नो अमुल्य गहना बनाउन सक्नुपर्छ । उनिहरुले केहि बुझ्न र मनन गर्न सकुन भन्ने हेतुले यो मेरो सन्देश प्रेसित गर्दैछु ।

हाल म भारतको एक शैक्षिक केन्द्र भनेर चिनिने दक्षिणी राज्य आन्द्र प्रदेशको विजयवाडा शहरमा अबस्थित के एल युनिभर्सीटी(K L University)मा कम्प्टर बिग्यान अन्तर्गतको सुचना प्रबिधि  बिषय तेस्रो बर्षको दोस्रो सेमेसटरमा अध्ययन गरिहेको छु । यहाँ मजस्ता करिब तीनसयको हाराहारीमा नेपाली बिद्यार्थीहरु समेत अध्ययनरत छन् । यो युनिभर्सीटी भर्खरै स्थापना भयको भए पनि भारतमा केही चर्चित शैक्षिक संस्थाहरु मध्यमा पर्छ । तर हामीजस्ता कमजोर आर्थिक भएकाहरुलाई भने धेरै महंगो छ । यहाँको मौसम, भाषा, रहनसहन र खानपिन पनि हाम्रो भन्दा पुरै फरक भएकाले सुरुसुरुमा अलि समस्या पर्छ । बिशेष गरि नेपालमा जस्तो यहा बन्द हडताल आदिको खासै प्रभाब पर्दैन । अनुसासन, अन्तर्राष्ट्रिय स्तरको सुबिधा र शैक्षिक बातावरण मलाई मन परेका कुरा हुन् । कलेजमा बिशिष्ट स्रेणिका कम्प्युटर ल्याबहरु पनि छन । अध्ययन अध्यापनको काम प्रायजसो कम्प्युटर र ईन्टरनेटमै गर्नुपर्छ । २४ सै घण्टा इन्टरनेटको सुबिधा भएको कारण बिश्वसँग निकट रहन सकिनेछ । आफ्नो देश नेपालमा पनि के के भइरहेको छ भनेर तुरन्तै थाहा पाउन सकिन्छ । तर बिडम्बनाको कुरा नेपालबाट सधैँजसो आउने अस्थिरता, असहमति, अराजकता, अन्यौलताजस्ता अशुभ समाचारहरुले चाहि दु:ख लागेर आउछ । यहाँका लेक्चरर र बिद्यार्थीहरुले नेपाल कहाँ पर्छ भनेर बारम्बार सोधिरहदाँ दिक्क लागेर आउछ । झनै कहिले काही तिमीहरु नेपालमा इन्जिनियरिङ कलेजहरु नभएर बिदेश पढ्न आएको हो भन्दा त मनमा चोटलाई बिर्सेर बहस गर्नुपर्छ ।

आजको प्रतिस्पर्धाको युगमा अबवसरले मात्र केही हुनेवाला छैन । जोसँग क्षमता र यावत चुनौतिहरुलाई सामना गर्ने हिम्मत छ उसका लागि सबैथोक सम्भव छ । जसले आफलाई अरु र सफलतालाई अवसरसँग दाजेर हेर्छ उसको जीन्दगीमा पाउने भन्दा गुमाउने बढी हुनेछ । मलाई त लाग्छ जसले कर्म गर्दैन उसले भाग्यलाई दोष दिनेगर्छ ।

आज म कैयौ बाधा अढ्चन अनि विकराल अभावका उकाली-ओरालीहरु पार गर्दै चुनौतिको शिखर चुम्ने कठिन परिक्षामा सामेल छु । लाग्छ जीन्दगी यस्तै संघर्षमय यात्रा हो र जसलाई कहिल्यै बिस्राम दिनुहुन्न । यही साहसिलो प्रेरणाले त म आजसम्म अटुट बगिरहने खहरे बनी निरन्तर बग्ने प्रयास गरिरहेको छु । जबसम्म मानिसले सुख र दु:ख दुबैलाई भोगेर बुझेको हुन्न र कठिन चुनौतिहरुलाई समेत सामना गर्ने साहस गर्दैन तबसम्म उसले जीन्दगीलाई हेर्ने दुईओटै पाटाहरुलाई चिनेको हुन्न ।

मानिसमा भएको तिब्र ईच्छालाई कुनैपनि बाधाले रोक्न सक्दैन । मैले सानो छँदा बुनेको सपना र मेरा दुखी बाबु-आमाको महोत्वाकांक्षी चाहानाले आज म यी तमाम चुनौतिहरुको सामु एउटा कम्प्युटर ईन्जिनियर बन्ने यात्रामा छु । झनै म प्रति सहानुभुति देखाउने आफन्तहरुको अटुट सहयोग त मेरा लागि बरदान भएको छ र उँहाहरु र मेरा शुभचिन्तकहरु सबैलाई बिशेष आभार र धन्यबाद समेत प्रकट गर्न चाहन्छु ।

यस बिद्यालयमा पढेको र केहि समय सेवा समेत गरेको अनुभवबाट मलाई ग्यान भए अनुसार हाम्रो परिमाणात्मक भन्दा परिणात्मक स्थिति केही कमजोर नै देखिए पनि खासै निरास भइहाल्नु पर्ने कारण छैन । मुख्यकुरा हाम्रो बिद्यालयको ब्यवस्थापकिय र प्रशासनिक पक्षलाई अझ बलियो र पारदर्शी बनाउनुपर्ने महसुस मैले गरेको छु । त्यस्तै बिद्यार्थी, शिक्षक र अभिभावकहरु बिचको दुरी कम गर्नुपर्ने आवश्यकता पनि छ । देशको अन्यौलग्रस्त र अस्थिर राजनितिक अवस्थाको कारणले पर्नजाने राजनितिक पृष्ठपोषणलाई पनि कम गर्नुपर्ने देखिन्छ ।

हुनत हामीले अघि बढ्दा आफ्नो पहुच बिर्सेर अरुसँग तुलना गर्ने गर्यौँ भने प्रगति गर्न सक्दैनौ । यदि आजको भुमण्डलीकृत र यान्त्रिक विश्वसँग तुलना गर्ने हो भने हामी धेरै पछि छौँ । विश्वका विकशित मुलुकहरुको शैक्षिक प्रणाली र प्रबिधिसँग हामी अझै अनविग्य छौँ । हामीलाई आजको युग बिग्यान र प्रविधिको युग भनिन्छ तर कम्प्युटर वास्तवमा के हो र यसले के-के गर्न सक्छ भन्ने कुरा हामीलाई कमै थाहा छ । झनै ईन्टरनेट र यसले दुँनियामा ल्याएको अप्रत्यासित परिवर्तन र चमत्कारको बारेमा त हामी करिब करिब अनविग्य छौँ । बिशेष गरि बितेका ५० बर्षमा कम्प्युटर र ईन्टरनेटको प्रबिधिले बिकासको गतिलाई तिब्र बनाएको छ । म आफुपनि एउटा कम्प्युटर ईन्जिनियरको बिद्यार्थी भएको नाताले आफुले जानेका कुराहरू लिएर आफ्नो ठाँउमा आउने प्रण गर्दछु ।

म प्यारा भाईबहिनिहरुलाई सबैभन्दा पहिलो कुरा त मेहेनत गरेर पढ्न अनुरोध गर्दछु । किनकि अहिले गर्ने मेहेनतले नै तिमीहरुको भोलिको सुनौलो भविष्य निश्चित छ । फेरि हामीले पढ्ने शिक्षाको स्तर अन्तर्राष्ट्रिय स्तरभन्दा ज्यादै कम छ । हामीले अहिले पढेका कुराले हामीलाई हाम्रो समाजमा त टाठोबाठो बनाउला तर हामी बिग्यान र प्रबिधिमा आधारित अन्तर्राष्ट्रिय स्तरको शिक्षासँग प्रतिस्पर्धा गर्न सक्दैनौ ।

अर्को कुरा बिद्यार्थीहरुलाई बिशेषरुपमा एउटा सफल ईन्जिनिएर बन्न के-के कुराहरु हुन आवश्यक छ भनेर केही मात्रामा जानकारि गराउन चाहन्छु । सबैभन्दा पहले त बिद्यालयमा खासगरि गणित, बिग्यान र अंग्रेजी बिषयमा निकै पोख्त भई कलेजमा पनि बिग्यान बिषय लिएर पढ्न जरुरी छ । अनिमात्र इन्जिनिएर पढ्ने ढोका खुल्नेछ । ईन्जिनियर एउटा प्राबिधिग्य भएको हुदा उसमा बिशेष प्राबिधिक ग्यान(technical skill) भएको हुनुपर्छ । आजको युग प्रतिस्पर्धा(compitition), सामाजिक अन्तर्क्रिया(social interaction), आपसी सहकार्य(co-operation), प्रयोग(experiment) र आदानप्रदान(communication)को युग हो । त्यसैले यी कुराहरुमा सामाजिक रुपले सफल बन्नको लागि राम्रो अङ्क ल्याएर मात्र हुदैहुदैन । टेक्निकल स्किल(technical skill), सफ्ट स्किल(soft skill) र कम्युनिकेसन स्किल(communication skill) एउटा सफल ईन्जिनियरमा हुनुपर्ने न्युनतम आव्श्यकता हो । जसको बिकास बिद्यार्थीहरुले बिद्यालयमा आयोजना हुने बिभिन्न प्रतियोगिता र समाहरोहमा निरन्तर भाग लिएर गर्न सक्नेछन् । यसको मतलब किताबि ग्यानले मात्र केही हुनेवाला छैन साथसाथै बाहिरि दुनियासँग निरन्तर परिचित र डाइनामिक भइरहन अति आवश्यक छ ।

आज मजस्ता लाखौँ नेपालीहरु देशमा ब्याप्त बेरोजगारि र अवसरको कमीले गर्दा बिदेशिन बाध्य छन् । जसको मुख्य कारण हाम्रो देशको कमजोर आर्थिक, प्रशासनिक र शैक्षिक निती र प्रणाली अनि यसमा ब्याप्त अपारदर्शीता र अदुरदर्शीता नै हुन् । बिशेषत: देशको शैक्षिक नितिले हाम्रोजस्तो बिकासोन्मुख देशमा कृषि, पर्यटन, ऊर्जा, उद्योग र आधुनिक बिग्यान प्रबिधिजस्ता बिषयबस्तुहरुलाई ब्यबहारिक र ब्यबसायिक तबरले कार्यान्वयन गर्ने सकेमात्र उत्पादनशिल जनशक्तिको बिकास भई समग्र बिकासमा टेवा पुग्नेछ । नत्रभने देशमा काम भन्दा भाषण बढी गर्ने नेताहरु मात्र उत्पादन भईरहनेछन् ।

Written: Jan 23 2010

Real Democracy in Nepal

December 15, 2010

Nepal is one of the sovereign states in the history of the world. Nobody occupied this small Himalayan territory. It’s also called the third pole of the world and the people of Nepal rejoice and take pride in such a glorious location. Our ancestors fought courageously with the foreign emperors to protect our glory and history. We remember the bravery of our Brave Gorkhas at Nalapani to Tista. Also we have to salute the initiative of unification of the “Greater Nepal” by King Prithvi Narayan Shah. Our modern Nepal is the souvenir from our ancestors.

In modern Nepal we are spending the interest of our ancestors. Now we have to bow down our head towards them if we evaluate our present speed and performance. It is proved by our position and approach, performance and curiosity to take the nation next to the 21st century world.

Especially, after the abolition of the ruthless Rana regime Nepalese people have experienced the exercise of so-called democracy. We breathed fresh air but still after 60 years of the long walk we have not enjoyed the real democracy. People are given rights only on paper not in practice. Poor people are always under the poverty line. Only a few of those so-called high class people are taking control over the people’s liberties and human rights. The political leaders are taking oath on behalf of the people elected by the people but doing everything for their own sake.

In the name of democracy poor Nepalese have already fought three great revolutions including the ten year armed “People’s War”. In 2007 BS we established the people’s democracy for the first time in modern history against Rana monarch, in 2047 BS to restore partial democracy detained by king Mahendra since 2017 BS and in 2063/64 BS power of people abolished the 238 years long Shah monarchy and established again the Republic which ended the 10 years “People’s War” conducted by the Maoist rebels. People voted first time for the Constitution Assembly Election in history to reassure the Real Democracy. People were expecting more and more but in fact they got nothing more than trouble, scarcity, shortage, inflation, obstacle and poverty. Even the fundamental necessities of people were not guaranteed yet.

Only the political changes can’t gratify the people’s hope. In case of Nepal every change by the power of people has benefited only a few number of so-called political leaders. They are not at all responsible for the general public and it is proved now by their activities. They are blaming each other of every wrong doing and want to take responsibilities of affirmative changes. They are creating unstable circumstances and ‘fishing’. They do not agree to the others’ ideas. They are not giving the chances to the intellectual with right vision too. They are writing the democracy in paper and running toward the chair and power.

In this situation what about the people’s verdict? Where is the real democracy and when will it arrive? How long will people have to fight for that? The answer ruins within the silence. Under this situation people are under the psychological effect. They are becoming fruitless, unaided and unstable minded.

Thousands of Nepalese youths are leaving the country now for food and clothes advertising themselves in the cheapest price in the deserts of the world. Not even a single needle can be produced in the country. We have to seek others assistance for clean water being the 2nd richest country in the world in water resource. Political leaders swell cheap slogans against the foreign countries like India and America. But we have to depend almost totally on them to exist. They are trying to interfere in our internal matters unwanted and using us according to their interest because of our own weaknesses.

In this situation Nepalese people are again in a great enigma about what the problem is and where the solution is. We all are responsible for that but the unwillingness of the political leaders is more responsible in creating these situations.

Now it is clear that the time has come to preserve the democracy and establish the people’s rights and develop the foundation of new economic policy to build the new Nepal using the huge amount of natural resources and useful manpower.

Only the political changes can’t develop a country. A well designed Economic revolution is required in Nepal.

We know we have an enormous amount of natural resources like thousands of rivers, lakes, beautiful hills and highest mountains, variety of biodiversity, medicines and lots of minerals. Also we are richest in historical and cultural varieties felicitated with plucky and hard working manpower. But we don’t have proper knowledge and proper campaign to execute it with a proficient leadership and appropriate vision for the progress of the country.

Since our country’s economy is almost totally dependent on agriculture we must first solve the tribulations interrelated to the land. Still thousands of people are there without land. No scientific researches and modern technologies are used in the agricultural system. For that the first step is to set a new land reform policy.

Secondly, we can give the precedence to tourism development using the everlasting natural resources. We can produce skillful manpower through the proper education scheme making free, practical scientific and technical.

Now we find one of the major problem in relation to the two rapidly developing economies India and China. Especially some controversial and unbalancing treaties, issues of encroachment with Indo-Nepal border are in more debate and one of the major political agenda of main political parties. To resolve these kinds of problems first we should be strong and confident, until and unless they take these issues seriously. When we are economically strong and become more self dependent then only India will be ready to discuss about the diplomatic issues of bilateral interest.

Therefore, Nepalese people want self dependency through economic revolution first not only the unstable political modification. And we can experience the real democracy in Nepal for the first time in history. To meet the challenging ambition we need to come up with unity and graspable vision for building the nation. We need to take the oath joining hands together. Political parties and their leaders must think about the nation not only for themselves. Poor people are waiting for a hero to be born to speed up the incomplete peace process and mission of building new Nepal with a campaign of absolute framework of socio-economic transformation. Then only we will be grateful to our brave ancestors who saved our dignity and prosperity. Or else we will always be living worthlessly spending the interest of our ancestors without our own identity.

Author: Pawan Raj Phuyal

Life is Alchemy

December 4, 2010

          Life is a journey and destination. Our journey starts from the beginning of our life when we take a breadth and step our foot into the earth. But at that time we don’t know about our destination. We are given birth here to understand what is the meaning of life and do something for the world so that meaning of our existence will be fulfilled.

free life

 

                During our short period of life we have to struggle for living the meaningful life. To understand about the life every human being tries something, practices something and finally gets the achievement whatever they are trying for spending the entire life. But it is not sure that everyone in will get the same thing as their ambitious desire. Instead they will get the achievement according to their work.

          Some people go to jungle; some go to Mecca and some to temple and church to find god and power for the life. Most people can’t find destiny and their life limits only on the meaningless journey. Only few get the right destiny and they become a great example for the total humanity. For example mahatma Gautam Buddha, mahatma Gandhi. But one thing is sure that if somebody really dedicates his life to a right journey tirelessly and with a strong desire can met their goal.

                Man gets motivations and inspiration to understand the life by knowing others life and his own feelings and experiences. Only a common way to get the right track is the knowledge and study. Without knowledge almost everything is impossible. For the same purpose we are totally dedicating our life in study.

जिउँदो लास भो जीन्दगी

August 22, 2010

त्यो अप्सरा मैले पहिल्है नचाएको पासा हो,
जुन मेरो आँखाको वरपर घुमेको नक्कली तुरुपको बासा हो,
जो आउछ भन्ने आसै आसमा जुनी-जुनी नफर्कने नासो भो,

उसको लागि यो नासो त जिन्दगी गुजार्ने हाँसो भो,
कसलाई के थाहा त्यो हाँसो मेरो जिवन मरणको पासो भो
जो न त कहिल्यै मेरो जिवनको अक्सिजन रुपि शास भो-
न त निस्कलंक मेरो मुटुमा उसको बास भो-

केबल बाँकि रहेको यहि एक मुठी शास भो,
हरे आज एउटा जिन्दगी बगरमा फालेको जिउदो लास भो ।

क्षमा चाहान्छु !! तर चाडै आउने छु ।

May 27, 2010

केहि समय देखि ताजा अपडेट नहुदा यो ब्लग हेर्नुहुने सबैलाई पर्न गएको असुबिधाका लागि क्षमा चाहन्छु र चाडै नियमितता दिने वाचा गर्दछू ।

तपाईँको मित्र / Admin

पवन राज फुँयाल

नेपालमा लोकतन्त्रको संस्थागत विकास

April 25, 2010

चौथो लोकतन्त्र दिवस विशेष

पवनराज फुयाँल

K L U



( २०६७ बैशाक ११ शनिवार )

नेपालमा लोकतन्त्र स्थापना भएको पनि करिव सात दशक भईसकेको छ । २००७ सालमा राणा शासनको अन्त्य भएदेखि नै प्रजातन्त्रका लागि कैंयौँ अभ्यासहरु भईसकेका छन्  । तर पनि लोकतन्त्र बहाल पछिको इतिहास हेर्ने हो भने यो क्रममा धेरै उतारचढाव, अस्थिरता र अन्यौलताको एउटा घुमाउरो इतिहाँस हामीसामु साक्षात छ । साच्चिनै भन्ने हो भने करिव सात दशक लामो प्रजातान्त्रिक अनुभवबाट हामीले के-कति पायौं त ? यो प्रश्नको लेखाजोखा र मुल्याकंन गर्ने बेला आएको छ ।

यो प्रश्नको जवाफ निश्चय नै धेरै सजिलो छैन र यदि हामीले वास्तविक मुल्यांकन गर्ने हो भने यो ऐतिहासिक प्रश्नको जवाफ पनि त्यति नै घुमाउरो हुन्छ होला । हामीले केहि पनि नपाएको भने पटक्कै होइन बरु हामीमा लोकतन्त्रलाई संस्थागत गर्ने परिपाटि र कर्तब्यबोधको खाँचो रहेको स्पष्ट भइसकेको छ । यसबाट नेपाली जनतामा लोकतन्त्र प्रतिको आस्था र विस्वासमा बारम्बार आँच पुगिरहेको छ ।  जसका कारण नेपालीहरुमा अविस्वास, नैरस्यताका साथै अकर्मन्यता जस्ता मनोवैग्यानिक असरहरु परिरहेका छन् ।

आखिर समस्याको जड कहाँनिर छ त ? यो पनि एउटा रहस्यमय विषय भएको छ किनकि प्रत्येक पटक लोकतन्त्र प्राप्तिका लागि नेपाली जनताको उल्लेखनिय भुमिका र सहभागिता रहिआएको हामीमा जगजाहेर छ । उसो त नेपाली जनतामा भएको अदम्य साहस त्याग र बलिदानको विश्व ईतिहाँसमा समेत चर्चा हुनेगरेको पाइन्छ । चाहे त्यो हाम्रा महान बीर पुर्खाहरुले आफ्नो स्वाभिमानका खातिर लडेका नालापानी र किलागलमा देखाएको बीरता या विश्वका कैंयौ युद्दहरुमा निभाएको भुमिका नै किन नहोस । तर हामी किन आज आफु भित्त्रैका कमि-कम्जोरी हटाएर आत्मसम्मान, शान्ति र विकासको स्वाभिमान जोगाउन असक्षम सावित भइरहेका छौँ ? हामीलाई के कुराले रोकेको छ ?

बास्तवमा यो कमजोरि हामीसँगै छ । हाम्रो समाज, बिधी, ब्यबहार चिन्तन र हाम्रा गलत परिपाटिमा नै छ । हामीमा गहन जिम्मेवारी र जिम्मेवरी बहन गर्न सक्ने कुसल नेतृत्वको अभाव छ । हामी जिम्मेवारी र कर्तब्यका कुरा आउनासाथ अरुको मुख ताक्ने गर्छौ । राम्रा कामको जस आफु लिने र नराम्रा कामको अबजस अरुलाई तेर्स्याउने बानीले गर्दा पनि हामी पछि परेका हौं । किनकि नेतृत्व र जिम्मेवारिको जन्म पनि त हामी भित्रबाटै हुन्छ । यसर्थ प्रगतिशिल समाजका कुशल चालकहरु जन्माउने जिम्मेवारी पनि हामीमा नै निहित छ ।

हामीसँग यसको आरोप लगाउने खासै निशचित निकाय नभएपनि त्यी नै बढि जिम्मेवार देखिन्छन् जसलाई त्यी बीर र महान नेपालली जनताले विस्वास गरी  कैयौं रगत र पसिना बगाइ प्रत्येक उपलब्धिहरुको रक्षा गर्ने नेतृत्वको जिम्मेवारी सुम्पिए ।   किनकि जनता त केवल परिचालित हुन्छ, मेहेनत गर्छ चाहेको बेला शहिद बन्न तयार हुन्छ । तर परिचालितहरुलाई हाँक्ने चालकको जिम्मेवारी उनिहरु प्रतिको कर्तब्यबोध, स्पष्ट मार्गनिर्देशन, परिपक्वता र प्रतिरक्षा हुन आउछ । यदि चालक नै अपरिपक्व देश र जनता भन्दा ब्यक्ति र आफुबादी भइदिए पछि बढ्ता आशाबादी हुनु निरर्थक हुन्छ ।  बास्तवमा नेपालमा भइरहेको पनि त्यहि हो ।  जनताको विस्वास जित्न जस्तोसुकै बाचा कसम पनि खाने जब ठाँउमा पुगिन्छ अनि जनतालाई दिएका सबै आस्वासनहरु यो वा त्यो बहानामा भुल्ने र कुर्सि मोहमा चुर्लुम्म डुब्ने, फेरि मौका आउदैन भन्ने ठानेर सकेसम्म कुम्ल्याउने र जनताको तीब्र इच्छा आकांक्षा प्रति घोर कुठाराघात गर्न बानी भैसकेका  असक्षम नेतृत्ववर्गले बारम्बार दोहोर्याएका यस्तै कुकृत्यहरुले नै हालसम्म प्राप्त भएका ऐतिहाँसिक लोकतान्त्रिक उपलब्धिहरुको संस्थागत बिकास हुन नसकेको प्रष्ट भएको छ । के नेपाली जनताले २००७ सालमा प्रजातन्त्र नल्याएका हुन् ? २०४७ सालमा एउटा निरङ्कुस नढालेका हुन् र ? के त्यो गरिबि, भोकमरि, अशिक्षा, अन्याय-अत्याचार र चरम शोषणमा पिल्सिएका लाखौँ नेपालीहरुले १० बर्ष लामो जनयुद्दको नेतृत्व गर्नेहरुलाई साथ नदिएका हुन र ? यसै गरि २०६२-६३ मा निरङ्कुसताले असक्षम ठहराएर सडकको पेटिमा झरेकाहरुलाई नेपाली जनताले साथ दिएर बगाएको रगत अनि बलिदानीका घाउहरु अझै आलै छन् । जसमा मलम लगाउने काम समेत हुन सकिरहेको छैन । के अब त्यी चोटहरु निको पार्नका लागि पनि लड्नुपर्ने हो त ?

विशेष गरि २०६२-६३ को जनआन्दोलन पछि प्राप्त उपलब्धिहरु अहिले संकटमा परेको छ । १० बर्षे जनयुद्द र १९ दिने जनआन्दोलनबाट जन्मिएको संविधानसभा सबैभन्दा खतरामा परेको छ । यसका मुख्य बाधकहरु पनि उनै असक्षम नेतृत्वको गैरजिजम्मेवारीपन नै देखिएको छ । देशमा कामकुरो एकातिर कुम्लो बोकि ठिमितिर भने झैँ भईरहेको छ । एकातिर समयमा संविधान जारी गर्ने, आमुल परिवर्तन ल्याउने, नयाँ नेपाल बनाउने, शान्ति-सुरक्षा प्रदान गर्ने आदि आस्वासन जनतालाई दिने र अर्कातिर कुनै कामको थालनि समेत नगरी सँधै कुर्सि र सत्ता मोहमा लिप्त भई पुरै देशलाई अननिर्णको बन्दि बनाएर ब्यक्तिगत र पार्टिगत स्वार्थमा सँधै आफु मात्रै सत्तामा टिकिरहने चालबाजी भईरहेका छन । अझ भन्ने हो भने त हालको नेपालमा संसारमा कहि नभएको घृणित तथाकथित प्रजातन्त्रको नौटङ्किको अभ्यास भईरहेको छ जहाँ जनताद्रवारा तिरस्कृतहरुको हातमा देशको सर्वाधिकार छ । अनि अब नेपालमा असली लोकतन्त्र चाँहि कहिले आउने हो  र यसको संस्थागत विकास हुने हो भन्ने प्रशनको जवाफ खोज्ने जिम्मेवारी अझै अर्को नयाँ पिंडीलाई सुम्पने बेला भएको छ ।

Hello world!

April 24, 2010

Welcome to WordPress.com. This is your first post. Edit or delete it and start blogging!